Deoralima Barpipal by nrsubba published on 2012-01-08T02:24:50Z गजल- ८ देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न र् मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति भारीभो कैले भन्दिन बिलाई जान दिन्नथें तारा खसेको देखिन । (गजल एल्बम: लुकेको रहर, शब्दः नवराज सुब्बा, संगीतः शक्ति बल्लभ, स्वरः माण्डवी त्रिपाठी) Genre World