Shakchhi Chhaina by nrsubba published on 2011-12-20T02:38:16Z गजल- ३ साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के के लेखें सधैं सधैं तिमी देखें तर आज बताउन लायक आफ्नो नाउँ छैन । (एल्बम: लुकेको रहर, शब्दः नवराज सुब्बा, संगीतः शक्ति बल्लभ, स्वरः सुरेश मानन्धर) CRBT (NTC) PRBT(NCELL) RBT (UTL) 0170005960 6036108 7243087 Genre World