Nepali Nepali Hami Nepali by nrsubba published on 2011-11-22T14:35:08Z नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली दलित होस् वा तागाधारी हामी नेपाली हिमाल पहाड तराई माटोको रङ्ग एउटै छ शर्मा सेर्पा थारू राई रगतको रङ्ग एउटै छ । मेचीमा घाम झुल्क“दा कालीको शीत पग्लिओस् हिमाल पग्ली झरेर मैदान सारा भिजाओस् थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं मिलेर फूलबारीमा बराबर माया रोपिदिऊँ । थर हो मान्छे चिन्नलाई होइन छुटिई जानलाई आपसमा हामी मिलेर मानिस एक बन्नलाई विदेश राम्रो भन्दैमा दियोको पुतली नबनौं जन्मेको माटोपानीलाई चटक्कै हामी नबिर्सौं । नेपाली नेपाली हामी नेपाली बुद्ध या हिन्दू, इसाई या मुस्लिम हामी नेपाली धनी या गरिब, मजदुर या मालिक हामी नेपाली । शब्द : नवराज सुब्बा, संगीत र स्वर : साजन राई Genre Author : Nawaraj Subba